आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई ओलीको निर्देशन ।।।

0Shares

आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई ओलीको निर्देशन

१७ नोभेम्बर २०२६, मंगलबार | संवाददाता : थाङ्मीचागु डटकम

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सम्भावित आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन्।

ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका नेता–कार्यकर्तालाई सङ्गठित र सक्रिय भएर प्रतिवादका लागि तयारी अवस्थामा रहन आग्रह गरेका हुन्।

उनले पार्टीका सम्पूर्ण जनवर्गीय सङ्गठनलाई परिचालन गर्दै जनतामाझ पार्टीको पक्षमा जनमत निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

ओलीले राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै आवश्यक परे आन्दोलनको बाटोमा अघि बढ्नुपर्ने संकेतसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *