दोलखा कांग्रेसको जिल्ला सभापतिमा तारा खड्का निर्विरोध निर्वाचित !!!

0Shares

दोलखा कांग्रेसको जिल्ला सभापतिमा तारा खड्का निर्विरोध निर्वाचित

१७ नोभेम्बर २०२६, मंगलबार संवाददाता : थाङ्मीचागु डटकम

दोलखा। नेपाली कांग्रेस दोलखाको जिल्ला नेतृत्वमा तारा (ताराकुमार) खड्का निर्विरोध निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले अघि बढाएको १५औँ नियमित महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनबाट खड्का जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन्।

दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न अधिवेशनले खड्कालाई जिल्ला नेतृत्वको जिम्मेवारी सुम्पिएको हो। यसअघि जिल्लाका वडा, पालिका तथा क्षेत्रीय अधिवेशनहरू सम्पन्न भएका थिए।

जिल्लाका ७४ वटै वडाबाट प्रतिनिधिहरू सहभागी अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गरेको हो।

खड्काको निर्विरोध चयनलाई दोलखा कांग्रेसको संगठनात्मक एकता र सहमतिका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *