समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न कांग्रेसको अभियान : सभापति थापा ।।।

1Shares

समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न कांग्रेसको अभियान : सभापति थापा

१५ कार्तिक २०८३, आइतबार

सम्बादाता | थाङ्मीचागु डटकम

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजमा व्याप्त नकारात्मकता, घृणा, निषेध र पूर्वाग्रह अन्त्य गर्दै सकारात्मक ऊर्जा प्रवाह गर्नुपर्ने बताएका छन्।

सभापति थापाले समाजमा बढ्दै गएको निराशा र नकारात्मक भाष्य चिर्न कांग्रेसले गाउँगाउँ पुगेर सकारात्मक सन्देश फैलाउने एकमहिने अभियान सञ्चालन गर्ने जानकारी दिएका छन्।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई जिल्ला र प्रदेश अधिवेशनको तयारीमा जुट्नसमेत निर्देशन दिएका छन्।

थाङ्मीचागु डटकम | सत्य, तथ्य, निष्पक्ष खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *