राष्ट्रिय भेलापछि मंसिर ५ गते एमाले केन्द्रीय कमिटीको चौथो बैठक बस्ने ।।।

0Shares

राष्ट्रिय भेलापछि मंसिर ५ गते एमाले केन्द्रीय कमिटीको चौथो बैठक बस्ने

३० कात्तिक २०८३, आइतबार | थाङ्मीचागु डटकम

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बोलाएको छ। पार्टीका पछिल्ला राजनीतिक गतिविधि, सांगठनिक अवस्था तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आयोजना गर्न लागिएको हो।

एमालेले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर २ र ३ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला आयोजना हुनेछ।

त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिनेछ।

राष्ट्रिय भेला तथा स्थानीय तहका जनप्रतिनिधिहरूको भेलापछि मंसिर ५ गते केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

लगातार तीन दिन पार्टीका महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न लागेको एमालेले केन्द्रीय कमिटी बैठकमार्फत आगामी राजनीतिक रणनीति, संगठनात्मक गतिविधि र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *