नेपाल थामी समाज मलेसियाद्वारा दिवंगत सरस थामीको परिवारलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण !!!
2026-11-15प्रधानमन्त्री शाहको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र हवाई रुट प्रमुख एजेन्डा ।।।
2026-11-15
माथिल्लो तामाकोशीको विद्युत् बिक्री आम्दानी ३ अर्ब ९४ करोड, खुद नाफा घट्यो ।।।
माथिल्लो तामाकोशीको विद्युत् बिक्री आम्दानी ३ अर्ब ९४ करोड, खुद नाफा घट्यो
काठमाडौं, ३० कात्तिक २०८३।
माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब ९४ करोड २८ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको विद्युत् बिक्री आम्दानी २.२७ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीले गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको थियो।
विद्युत् बिक्री आम्दानीमा वृद्धि भए पनि कम्पनीको खुद नाफामा भने सामान्य गिरावट आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको खुद नाफा करिब २ करोड रुपैयाँले घटेको देखिन्छ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण आयोजना मानिन्छ।





