नेपाल थामी समाज मलेसियाद्वारा दिवंगत सरस थामीको परिवारलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण !!!
2026-11-15प्रधानमन्त्री शाहको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र हवाई रुट प्रमुख एजेन्डा ।।।
2026-11-15
जंगली हात्ती नियन्त्रण गर्न सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग ।।।
जंगली हात्ती नियन्त्रण गर्न सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
१४ कात्तिक २०८३, काठमाडौं।
झापाको मेचीनगर क्षेत्रमा जंगली हात्तीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न स्थानीयले सौर्य विद्युतीय तारबार जडान र ट्याक्टर परिचालन गर्न माग गरेका छन्।
मेचीनगर–४ बाहुनडाँगीमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखसँग भएको अन्तरक्रियामा स्थानीयले हात्ती नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउन माग गरेका हुन्।
स्थानीयका अनुसार भारतबाट दैनिक ठूलो संख्यामा आउने जंगली हात्तीले झापा, मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा बालीनाली तथा भौतिक संरचनामा क्षति पुर्याउँदै आएका छन्। पुराना विद्युतीय तारबार जीर्ण भएकाले नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने उनीहरूको माग छ।
धानबाली भित्र्याउने समयमा हात्ती नियन्त्रणका लागि जोखिमयुक्त क्षेत्रमा ट्याक्टर परिचालन गर्नुपर्ने र प्रत्येक गौंडामा कम्तीमा दुईवटा ट्याक्टर व्यवस्था गर्नुपर्ने सुझावसमेत स्थानीयले दिएका छन्।
प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै सुरक्षा निकाय तथा वन रक्षकको टोली परिचालन गरिएको जानकारी दिएका छन्।





