गृहमन्त्री सुधन गुरुङ र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेट विपद् पूर्वतयारी र सुरक्षा निकायको क्षमता विकासमा छलफल

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक (UN Resident Coordinator) लिला पिटर्स याहियाबीच बुधबार गृह मन्त्रालयमा भेटघाट भएको छ।

छलफलमा नेपालमा हालै भएका विपद्बाट प्राप्त अनुभवका आधारमा आगामी दिनमा सम्भावित विपद्को प्रभावकारी सामना गर्न आवश्यक तयारी तथा आपत्कालीन अवस्थामा प्रतिक्रिया दिन सक्ने संस्थागत क्षमता सुदृढ बनाउने विषय समेटिएको थियो।

त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता विकास तथा संस्थागत सुदृढीकरणका विषयमा पनि छलफल भएको छ। विशेषगरी दंगा नियन्त्रणसम्बन्धी क्षमता अभिवृद्धिमा जोड दिइएको जनाइएको छ।

नेपाल सरकार र संयुक्त राष्ट्रसंघबीच विपद् व्यवस्थापन, पूर्वतयारी तथा सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहकार्य र समन्वयलाई महत्त्वपूर्ण मानिएको छ।

थाङमिचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *