साइप्रसमा घरेलु कामदारका रूपमा कार्यरत डोलकुमारी थामीको निधन ।।।

2Shares

साइप्रसमा घरेलु कामदारका रूपमा कार्यरत डोलकुमारी थामीको निधन

थाङ्मीचागु डटकम | २६ अक्टोबर २०२६

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ निवासी घण्टाबहादुर थामीकी कान्छी छोरी डोलकुमारी थामीको साइप्रसमा निधन भएको छ।

विगत पाँच महिनादेखि साइप्रसमा घरेलु कामदारका रूपमा कार्यरत डोलकुमारी गत अक्टोबर २३ मा अचानक बिरामी परेपछि निकोसिया जनरल अस्पतालमा भर्ना हुनुभएको थियो। उपचारकै क्रममा अक्टोबर २५ मा उहाँको निधन भएको हो।

उहाँ नेपाल थामी समाज मलेसियाका सहसचिव देवराज थामीकी कान्छी बहिनीसमेत हुनुहुन्छ। उहाँको निधनले परिवार, आफन्त तथा शुभेच्छुकहरू शोकमा परेका छन्।

दिवंगत डोलकुमारीको पार्थिव शरीर नेपाल ल्याउन आवश्यक पहल गरिदिन परिवारजनले सम्बन्धित निकायसमक्ष गम्भीर ध्यानाकर्षण गराएका छन्। उहाँको पार्थिव शरीर स्वदेश ल्याई परिवारले अन्तिम संस्कार गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

यस दुःखद घडीमा दिवंगत डोलकुमारी थामीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त बुबा घण्टाबहादुर थामी, सहसचिव देवराज थामीसहित सम्पूर्ण परिवारजन तथा आफन्तमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *