मलेसियामा कामदारको न्यूनतम तलब ३१ सय रिंगेट पुर्‍याउन माग ।।।

0Shares

मलेसियामा कामदारको न्यूनतम तलब ३१ सय रिंगेट पुर्‍याउन माग ।।।

क्वालालम्पुर | ११ असोज २०८३, आइतबार

मलेसियन ट्रेड्स युनियन कांग्रेस (एमटियुसी)ले आगामी आर्थिक वर्षको बजेटमार्फत मलेसियामा कामदारको न्यूनतम मासिक तलब बढाएर ३१ सय रिंगेट पुर्‍याउन सरकारसँग माग गरेको छ।

एमटियुसीका अनुसार हाल कामदारले प्राप्त गरिरहेको पारिश्रमिक उनीहरूको उत्पादकत्व तथा कम्पनीहरूले आर्जन गरिरहेको नाफाको वृद्धिसँग पर्याप्त रूपमा तालमेल हुन सकेको छैन। बढ्दो जीवनयापन लागत र श्रमको योगदानलाई ध्यानमा राख्दै न्यूनतम तलब पुनरावलोकन गर्नुपर्ने उसको माग छ।

एमटियुसीका महासचिव कमरुल बहारिन मन्सोरले आगामी बजेटमार्फत कामदारको तलब वृद्धि गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

उनले निजी क्षेत्रलाई राम्रो पारिश्रमिक दिन प्रोत्साहित गर्नुअघि सरकारसँग सम्बन्धित कम्पनी तथा सरकारसँग सम्बन्धित लगानी कम्पनीहरूले आफ्ना कामदारलाई उचित पारिश्रमिक उपलब्ध गराएर उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन्।

थाङ्मीचागु डटकम | सत्य, तथ्य, निष्पक्ष खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *