मलेसियामा अनलाइन जुवा खेल्दा कानुनी र आर्थिक जोखिम, नेपाली दूतावासको सचेतना ।।।

0Shares

मलेसियामा अनलाइन जुवा खेल्दा कानुनी र आर्थिक जोखिम, नेपाली दूतावासको सचेतना

२०८३ असोज ११ गते आइतबार | सेप्टेम्बर २७, २०२६

क्वालालम्पुर, मलेसिया । थाङ्मिचागु डट कम संवाददाता

मलेसियामा रहेका नेपाली नागरिकलाई अनलाइन क्यासिनो, जुवा तथा सट्टेबाजीजन्य गतिविधिमा सहभागी नहुन क्वालालम्पुरस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

दूतावासले आफ्नो साप्ताहिक फेसबुक लाइभ कार्यक्रममार्फत मलेसियामा रहेका नेपालीलाई अनलाइन जुवा तथा क्यासिनोसम्बन्धी गतिविधिबारे सचेत गराउँदै त्यस्ता गतिविधिबाट टाढा रहन अनुरोध गरेको हो।

अनलाइन जुवामा सहभागी हुँदा आर्थिक क्षति, ऋणको बोझ, ठगी तथा व्यक्तिगत आर्थिक विवरण दुरुपयोगको जोखिम हुन सक्ने दूतावासले जनाएको छ। नियमित रूपमा जुवामा संलग्न हुँदा पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत असर पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

दूतावासका अनुसार मलेसियाको कानुनअनुसार अनुमति नलिई सञ्चालन गरिने विभिन्न प्रकारका जुवा तथा अनलाइन सट्टेबाजीसम्बन्धी गतिविधि गैरकानुनी हुन सक्छन्। नेपाली नागरिकले अनलाइन जुवा खेल्ने मात्र नभई त्यस्ता गतिविधि सञ्चालन, प्रचारप्रसार वा अरूलाई खेलाउने कार्यबाट समेत टाढा रहनुपर्ने दूतावासले जनाएको छ।

मलेसियामा अवैध अनलाइन जुवा तथा सट्टेबाजी नियन्त्रणका लागि प्रहरीले नियमित रूपमा कारबाही गर्दै आएको छ। दूतावासले मलेसियामा रहेका नेपाली नागरिकलाई स्थानीय कानुनको पालना गर्दै गैरकानुनी गतिविधिबाट सचेत रहन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *