कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
Monday, September 14, 2026
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए।
एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री अबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ।
नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेपछि उनी सडकमै ढलेका थिए। उनी ढलेको ठाउँमा रगत देखिएको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।
स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै जापान टाइम्सले लेखेको छ।
आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानका दौरान उनी भाषण गरिरहेका थिए।





