मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट

पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट
गत जेठ ३०–३१ गते बरामद गरिएको ५१ केजी हेरोइन ढलमा बगाएर नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले उक्त हेरोइन अदालत परिसरभित्रै पानीमा घोलेर ढलमा बगाई नष्ट गरेको जनाएको छ ।
बरामद हेरोइनको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब १० करोड रुपियाँभन्दा बढी पर्ने प्रहरीले बताएको थियो । दक्षिण अफ्रिकी मुलुकबाट नेपालहुँदै भारततर्फ तस्करी हुने क्रममा उक्त लागूपदार्थ बरामद गरिएको थियो ।
बरामद भएको लागूपदार्थ नमुना राखेर नष्ट गरिन्छ । त्यसैअनुसार उक्त लागूपदार्थ लागूऔषध नियन्त्रण ब्युरो तथा नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र काठमाडौँ जिल्ला अदालतले बरामद हेरोइनको नमुना सङ्कलन गरी सुरक्षित राखेर बाँकी पानीमा घोलेर ढलमा बगाइएको हो ।
लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा ११ मा बरामद लागूऔषध नष्ट गर्दा बढीमा तीन ग्राम अनुसन्धान गर्ने निकाय, मुद्दा हेर्ने अधिकारी र मुद्दा अनुसन्धान गर्ने निकायले सुरक्षित राखी नष्ट गर्ने व्यवस्था छ । यो समाचार गोरखापत्र दैनिकमा छ




