बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
त्रिचन्द्र कलेज छिट्टै बनाउँछु : देउवा

त्रिचन्द्र कलेज छिट्टै बनाउँछु : देउवा
धानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका छन् । पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरु त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपरेको अवस्थावारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ नभएपछि त्रिचन्द्र कलेजका विद्यार्थीले विहीबार प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे अवगत गराएका थिए ।
विद्यार्थीसँगको भेटमा प्रधानमन्त्री देउवाले त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका हुन् । त्रिचन्द्र आफूले अध्ययन गरेको कलेज पनि भएको स्मरण गर्दै देउवाले पुनर्निर्माणमा पहल गर्ने बताएका हुन् ।





