मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
वर्षेनी बलान नदीले धार परिवर्तन सँगै बस्ती जोखिममा ।।।

वर्षेनी बलान नदीले धार परिवर्तन सँगै बस्ती जोखिममा ।।।
विनोद मण्डल आषाढ़ २४ । सिराहा र सप्तरी जिल्लाको सीमानाको रुपमा रहेको बलान नदीमा वर्षेनी वर्षाको समयमा आउने बाढीले बहावको धार परिवर्तन गर्दा नदीको दुई छेउको जमीन कटान जारी रहेको छ ।
सिराहाको उत्तरी भेग अर्थात् उदयपुर जिल्लाको सिमानाबाट उत्पति भएको नेपालको दोश्रो स्तरको नदीको रूपमा परिचित रहेको नदी हो बलान ।
उत्तरी क्षेत्रमा उकालो पर्ने हुँदा यस नदीले खासै क्षति नगरेता पनि मधेशको दक्षिणी भागमा नदी फराकिलो वर्षेनी भइरहेको अवस्था रहेको पाइन्छ ।
नदीको दुई छेउमा रहेको उब्जनी हुने जमीनको कटानले किसानहरुको हातमुख जोड्ने साधन खोसिएको छ भने नदीको कारणले यस क्षेत्रमा व्यापक गरीवता बढिरहेको छ ।
अत्यधिक बालुवा बोक्ने नदी भएको कारणले गर्दा यसबाट खासै सिँचाइ गरिएको छैन । बर्षामा नदीको सतह बढेर उब्जनीयोग्य जमीनमा बालुवा थुपार्दै गर्दा आम मानिसमा चिन्ता बढिरहेको छ ।
नदीले वर्षेनी दुःख दिँदा पनि सरकार मौन बसेको देखिन्छ ।





