नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण
2026-08-26विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार सहयोग
2026-08-26
Wednesday, August 26, 2026
बङ्गलादेशमा एकै परिवारका चार सदस्य घरभित्र मृत फेला
थाङमिचागु डटकम संवाददाता
थाङमिचागु चरिकोट दोलखा

भदौ ९, रङ्गपुर । बङ्गलादेशको रङ्गपुरमा एकै परिवारका चार सदस्य आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार घर बाहिरबाट ताला लगाइएको अवस्थामा फेला परेको थियो। प्रहरीले ताला तोडेर घरभित्र प्रवेश गर्दा चारै जनाको शव फेला पारेको जनाएको छ।
घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। चारै जनाको मृत्यु कसरी र कुन परिस्थितिमा भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
घटनाले स्थानीय क्षेत्रमा त्राससँगै शोकको वातावरण सिर्जना गरेको छ। घटनाको विस्तृत कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।





