शिक्षकहरूबीचको द्वन्द्वले थलियो विद्यालयअभिभावकमा बढ्यो आक्रोश
2026-08-19सिमरामा तीन वर्षीया बालिकाको मृत्यु प्रकरणमा दुई जना पक्राउ
2026-08-19
Thursday, August 20, 2026
सिमरामा तीन वर्षीया बालिकाको मृत्यु प्रकरणमा दुई जना पक्राउ
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

बारा — सिमरामा तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा एक जना १६ वर्षीय किशोर र अर्का २४ वर्षीय युवा रहेका छन्। उनीहरूलाई बालिकाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि घटनाको वास्तविकता, संलग्नता तथा घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बालिकाको मृत्युको घटनाले स्थानीय क्षेत्रमा गम्भीर चिन्ता र आक्रोश उत्पन्न भएको छ। प्रहरीले अनुसन्धानका क्रममा प्राप्त तथ्य तथा प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।




