मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
सातामा दुई दिन सार्वजनिक बिदा निरन्तरता दिने सरकारको निर्णय
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई निरन्तरता दिने भएको छ। सरकारले तत्काल शनिबार र आइतबार बिदा दिने व्यवस्था पुनरावलोकन नगर्ने स्पष्ट पारेको हो।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुई दिने बिदा व्यवस्था तत्काल परिवर्तन गर्ने सरकारको कुनै तयारी नरहेको बताएकी छन्। अन्तर्राष्ट्रिय अभ्यास र मुलुकको आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको उनको भनाइ छ।
सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै २०८२ चैत २३ गतेदेखि सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो।





