धनगढीमाईको मदन भण्डारी स्मृति माविले प्राथमिक तहका एक शिक्षकका लागि दरखास्त आह्वान

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

Oplus_16908288

सिरहा । सिराहाको धनगढीमाई नगरपालिका–६, सर्रे
अम्बास श्री मदन भण्डारी स्मृति माध्यमिक विद्यालयले प्राथमिक तह तृतीय श्रेणीको एक शिक्षक दरबन्दीका लागि सरुवा/समायोजन प्रक्रियामार्फत दरखास्त आह्वान गरेको छ।

विद्यालयले धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त अनुमति तथा विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार शिक्षक दरबन्दी रिक्त रहेकाले योग्य शिक्षकबाट आवेदन माग गरेको जनाएको छ।

विद्यालयले जारी गरेको सूचनामा शिक्षा नियमावली, २०५९ संशोधनसहित बमोजिम रिक्त दरबन्दीमा शिक्षक सरुवा/समायोजनका लागि आवेदन दिन सकिने उल्लेख छ। सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न विद्यालयले आग्रह गरेको छ।

आवेदनका लागि नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, सेवा अवधि खुलेको कागजात, स्थायी/अस्थायी नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्र, हाल कार्यरत विद्यालय र स्थानीय तहमा हाजिर भएको कागजात, असाधारण तथा बेतलबी बिदा लिए/नलिएको सम्बन्धी कागजातलगायत माग गरिएको छ।

त्यस्तै सम्बन्धित स्थानीय तहको सहमति पत्र तथा शिक्षा नियमावलीबमोजिम प्राथमिकता दाबी गर्ने आवश्यक प्रमाण/कागजात पनि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

विद्यालयले प्राप्त निवेदनमाथि शिक्षा नियमावली तथा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ। सूचनाको जानकारीका लागि शिक्षा विकास तथा समन्वय इकाइ सिरहा, धनगढीमाई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा, सम्बन्धित वडा कार्यालय तथा विद्यालयको सूचना पाटी र वेबसाइटमार्फत जानकारी गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *