सुस्ताको बाँध पुनर्निर्माणमा विद्यार्थी नेता मैदानमा दीपक धामीसहितको टोलीले गर्यो श्रमदान
2026-08-08मनहरामा सुकुम्वासीको प्रदर्शन माग पूरा नभए भदौ १२ देखि सत्याग्रह
2026-08-08
बराहक्षेत्रमा ४१८ किलो गाँजासहित चार जना पक्राउ कार र मोटरसाइकल बरामद
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह क्षेत्रबाट प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको कार र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।
लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा शनिबार बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको कार र मोटरसाइकल रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा प्र १–०२–००२ च ४८५१ नम्बरको कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको ४१८ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय कार चालक थमन राई, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जिबनी राई, मोरङको कटहरी गाउँपालिका ३ का २६ वर्षीय मोटरसाइकल चालक अमर कामत र मोटरसाइकलमा सवार ३८ वर्षीय शंकर चौधरी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट गाँजासहित उक्त कार र मोटरसाइकल नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र गाँजा ओसारपसारमा उनीहरूको संलग्नता तथा अन्य सम्भावित व्यक्तिहरूबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।




