नेपाल–फिनल्यान्ड परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता
2026-09-25नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकको पाँचौँ अधिवेशन २ अक्टोबरमा ।।।
2026-09-24
स्याङ्जामा मरुभूमिको खजुर लटरम्म फल्दा तोडियो पुरानो मान्यता ।।।
स्याङ्जामा मरुभूमिको खजुर लटरम्म फल्दा तोडियो पुरानो मान्यता ।।।
सरिता बल, साउन २१ । खजुर मरुभूमि भएका साउदी अरब, कतारलगायतका देशमा मात्र फल्ने भन्ने आमधारणा स्याङ्जामा गलत सावित भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुवामा यस वर्ष खजुरको बोट लटरम्म फलेपछि स्थानीयवासी उत्साहित बनेका छन् ।
रोजगारीका सिलसिलामा साउदी अरब पुगेका करिब ६२ वर्षीय बाबुराम ढकालले छुट्टीमा नेपाल फर्किँदा ल्याएका खजुरका बिउ बालुवा, मल र माटो मिसाएर रोपेका थिए ।
रोपेको करिब सात वर्षपछि बोटले राम्रो उत्पादन दिन थालेको हो । गत वर्ष सामान्य मात्रामा फल लागेको बोटमा यस वर्ष भने प्रशस्त खजुर फलेको उनले बताए ।
ढकालका अनुसार खजुर उत्पादनका लागि प्रशस्त घाम र उच्च तापक्रम आवश्यक पर्ने भएकाले गर्मी बढी हुने जिमुवा क्षेत्र उपयुक्त देखेर बिउ रोपिएको थियो । अपेक्षाअनुसार राम्रो उत्पादन भएपछि स्थानीय स्तरमै खजुर खेतीको सम्भावना देखिएको उनको भनाइ छ ।
सफल उत्पादनसँगै उनले व्यावसायिक रूपमा खजुर खेती विस्तार गर्ने योजना अघि सारेका छन् । त्यसका लागि खजुरका बिरुवा उत्पादनसमेत सुरु गरिसकेको र इच्छुक कृषकलाई बिरुवा उपलब्ध गराउनुका साथै आवश्यक प्राविधिक परामर्श पनि दिँदै आएको ढकालले जानकारी दिए ।
स्थानीय स्तरमा खजुरको सफल उत्पादनले स्याङ्जामा नयाँ सम्भावनाको ढोका खोलेको छ । यसले मरुभूमिमा मात्र खजुर फल्ने भन्ने स्थापित मान्यतालाई चुनौती दिँदै नेपालका उपयुक्त हावापानी भएका क्षेत्रमा समेत खजुर खेती विस्तार गर्न सकिने सम्भावना उजागर गरेको छ ।





