नेपाल–फिनल्यान्ड परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता
2026-09-25नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकको पाँचौँ अधिवेशन २ अक्टोबरमा ।।।
2026-09-24
भारतीय जेलमा रहेका सर्लाहीका दुई किसान एक महिनापछि जमानतमा रिहा हुने
थाङमिचागु डटकम चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

सर्लाही — भारतको सीतामढी जिल्लाको अदालतले सर्लाहीका दुई किसानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ। आफ्नै खेतमा प्रयोग गर्न रासायनिक मल खरिद गर्न भारत पुगेका ती किसान एक महिनाभन्दा बढी समयदेखि भारतीय जेलमा रहेका थिए।
भारतको सीतामढी जिल्लास्थित डुम्रा व्यवहार अदालतले बुधबार उनीहरूलाई जमानत (बेल) मा रिहा गर्ने आदेश दिएको हो। अदालतको आदेशसँगै उनीहरूको रिहाइ प्रक्रिया अघि बढेको जनाइएको छ।
ती किसान सीमावर्ती भारतीय बजार सोनवर्षामा आफ्नै कृषि प्रयोजनका लागि रासायनिक मल खरिद गर्न पुगेका बेला भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका थिए। त्यसयता उनीहरू एक महिनाभन्दा बढी समयदेखि जेलमा रहेका थिए।
अदालतको पछिल्लो आदेशसँगै दुवै किसानको रिहाइ हुने निश्चित भएको छ। घटनापछि उनीहरूको रिहाइका लागि परिवार, स्थानीयवासी तथा सम्बन्धित निकायले निरन्तर पहल गर्दै आएका थिए।





