काठमाडौंमा निम्सदाइसहित ब्रोड पिक दुर्घटनाका १० पर्वतारोहीप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली
2026-08-04झुटा विवरण पेश गरी भूमिहीनको नाममा जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने
2026-08-04
काठमाडौंमा निम्सदाइसहित ब्रोड पिक दुर्घटनाका १० पर्वतारोहीप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली
थाङमिचागु टडकम संवाददाता
चरिकोट दोलखा साउन १९

पाकिस्तानको काराकोरम पर्वत शृंखलाअन्तर्गत पर्ने ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ), किली पेम्बा शेर्पासहित १० जना पर्वतारोहीको दुःखद निधन भएको घटनाप्रति शोक व्यक्त गर्दै मंगलबार साँझ राजधानी काठमाडौंमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।
श्रद्धाञ्जली कार्यक्रममा पर्वतारोहण क्षेत्रसँग आबद्ध व्यक्तित्व, पर्यटन व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले दिवंगत पर्वतारोहीहरूको तस्वीरमा पुष्प अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए।
कार्यक्रममा वक्ताहरूले दिवंगत पर्वतारोहीहरूले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमञ्चमा स्थापित गर्न पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको साहस, समर्पण र प्रेरणादायी यात्राको स्मरण गरेका थिए। साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो।




