साङ्गु–सोरुङ खोला जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु, कालिञ्चोक हाइड्रोपावरद्वारा सबै सहयोगीप्रति आभार

0Shares

थाङमिचागु डटकम | दोलखा

थाङमिचागु डटकम संवाददाता

कालिञ्चोक हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित साङ्गु–सोरुङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सफलतापूर्वक सम्पन्न भई गत सातादेखि व्यावसायिक विद्युत् उत्पादन सुरु भएको छ।

कम्पनीले आयोजना निर्माणदेखि सञ्चालनसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, विश्वास र अमूल्य योगदान पुर्‍याउने सम्पूर्ण शेयरधनी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नियामक निकाय, निर्माण कम्पनी, परामर्शदाता, प्राविधिक टोली, कर्मचारी, स्थानीय समुदाय, शुभेच्छुक तथा आयोजनासँग जोडिएका सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

कम्पनीका अनुसार सबै पक्षको निरन्तर साथ, सहयोग र प्रतिबद्धताकै परिणामस्वरूप आयोजना सफलतापूर्वक सम्पन्न भई व्यावसायिक विद्युत् उत्पादन सुरु गर्न सम्भव भएको हो। आयोजनाले अब राष्ट्रिय ऊर्जा उत्पादनमा टेवा पुर्‍याउँदै देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

कालिञ्चोक हाइड्रोपावर लिमिटेडले यस ऐतिहासिक उपलब्धिमा साथ दिने सम्पूर्ण महानुभावप्रति पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै माया, विश्वास, सहयोग र शुभेच्छा निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *