ऋणीहरूबाट ऋण असुली तीव्र समस्याग्रस्त कान्तिपुर र पशुपति सहकारीका ३४१ बचतकर्तालाई रकम फिर्ता

0Shares

ऋणीहरूबाट ऋण असुली तीव्र समस्याग्रस्त कान्तिपुर र पशुपति सहकारीका ३४१ बचतकर्तालाई रकम फिर्ता

थाङमिचागु डटकम संवाददाता

काठमाडौं । समस्याग्रस्त घोषित कान्तिपुर बचत तथा ऋण सहकारी संस्था र पशुपति बचत तथा ऋण सहकारी संस्थामा ऋण असुली प्रक्रिया तीव्र बनाइएपछि बचतकर्तालाई रकम फिर्ता गर्ने कार्यले गति लिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म दुवै सहकारीका ३४१ जना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको छ। ऋणीहरूबाट नियमित रूपमा ऋण असुली हुन थालेपछि प्राप्त रकमका आधारमा बचतकर्तालाई चरणबद्ध रूपमा भुक्तानी भइरहेको समितिले जनाएको छ।

समितिले बाँकी ऋणीलाई पनि समयमै ऋण चुक्ता गर्न आग्रह गर्दै त्यसबाट संकलित रकम प्राथमिकताका आधारमा बचतकर्तालाई फिर्ता गरिने जनाएको छ। साथै, बचतकर्ताको हित संरक्षण गर्दै पारदर्शी र प्रभावकारी ढंगले रकम फिर्ता प्रक्रिया अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *