काठमाडौंमा निम्सदाइसहित ब्रोड पिक दुर्घटनाका १० पर्वतारोहीप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली
2026-08-04झुटा विवरण पेश गरी भूमिहीनको नाममा जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने
2026-08-04
नर्स ज्योति रानाभाटको अनशनप्रति स्वास्थ्यकर्मीको ऐक्यबद्धता, काठमाडौंमा प्रदर्शन
नर्स ज्योति रानाभाटको अनशनप्रति स्वास्थ्यकर्मीको ऐक्यबद्धता, काठमाडौंमा प्रदर्शन
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, साउन १९ । न्यूनतम पारिश्रमिक, श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राख्दै आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं उपत्यकाका स्वास्थ्यकर्मी तथा नर्सहरूले प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मीहरूले रानाभाटले उठाएका मागहरू जायज रहेको भन्दै सरकारले तत्काल सम्बोधन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले नर्सहरूको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, श्रम शोषणको अन्त्य गर्न तथा सुरक्षित र सम्मानजनक कार्य वातावरणको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
नर्स ज्योति रानाभाट साउन १४ गतेदेखि आफ्ना १५ बुँदे माग पूरा गराउन आमरण अनशनमा बसेकी छन्। आन्दोलनरत पक्षले मागहरू बेवास्ता गरिए स्वास्थ्य सेवा क्षेत्रमै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन्।





