काठमाडौंमा निम्सदाइसहित ब्रोड पिक दुर्घटनाका १० पर्वतारोहीप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली
2026-08-04झुटा विवरण पेश गरी भूमिहीनको नाममा जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने
2026-08-04
सरकारी अस्पतालमा सेवा लिनै सास्ती भरतपुर अस्पतालमा बिरामीको अत्यधिक भीड
सरकारी अस्पतालमा सेवा लिनै सास्ती भरतपुर अस्पतालमा बिरामीको अत्यधिक भीड
थाङमिचागु डटकम संवाददाता

चितवन, साउन १९ – चितवनस्थित भरतपुर अस्पतालमा उपचार गराउन आउने बिरामीको चाप बढेपछि सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ।
बिहानैदेखि टिकट काउन्टर, ओपीडी, प्रयोगशाला, फार्मेसी तथा विभिन्न उपचार कक्षमा बिरामी र कुरुवाको लामो लाइन देखिएको छ। अत्यधिक भीडका कारण पालो कुर्न घण्टौं समय लाग्ने भएकाले वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगी बिरामी बढी प्रभावित भएका छन्।
सेवाग्राहीहरूले समयमै उपचार सेवा पाउन कठिनाइ भएको गुनासो गरेका छन्। अस्पताल प्रशासनले भने बिरामीको संख्या अस्वाभाविक रूपमा बढेकाले उपलब्ध जनशक्ति र स्रोत–साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाह भइरहेको जनाएको छ।
बढ्दो बिरामी चापसँगै सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।





