काठमाडौंमा निम्सदाइसहित ब्रोड पिक दुर्घटनाका १० पर्वतारोहीप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली
2026-08-04झुटा विवरण पेश गरी भूमिहीनको नाममा जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने
2026-08-04
खाना पकाउने ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापनमा महानगर प्रहरी बलको सक्रिय सहजीकरण
खाना पकाउने ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापनमा महानगर प्रहरी बलको सक्रिय सहजीकरण
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, साउन १९ — काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापनलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन महानगर प्रहरी बल सक्रिय रूपमा परिचालित भएको छ।
ग्यास वितरण केन्द्रहरूमा उपभोक्ताको भीड बढेसँगै सम्भावित अव्यवस्था रोक्न महानगर प्रहरी बलले लाइन व्यवस्थापन, भीड नियन्त्रण तथा वितरण प्रक्रियालाई व्यवस्थित बनाउन सहजीकरण गरिरहेको छ।
महानगर प्रहरी बलका सुरक्षाकर्मीहरू वितरण केन्द्रमा खटिएर उपभोक्तालाई पालोअनुसार ग्यास उपलब्ध गराउन सहयोग गर्दै आएका छन्। यसबाट वितरण प्रक्रिया थप व्यवस्थित हुनुका साथै सर्वसाधारणले सहज रूपमा सेवा पाउन थालेका छन्।
सम्बन्धित निकायसँगको समन्वयमा महानगर प्रहरी बलले वितरण कार्यलाई पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन निरन्तर भूमिका निर्वाह गरिरहेको जनाएको छ।





