नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम–जे’ मुख्य योजनाकार
३ बैशाख २०८३ | १६ अप्रिल २०२६
मलेसिया । मलेसियाली अध्यागमन विभाग ले मानव तस्करी तथा नक्कली भिसा कागजात बनाउने संगठित सञ्जाललाई ध्वस्त पारेको छ।
“ओप्स सेरकाप” विशेष अपरेशन अन्तर्गत अप्रिल १३ र १४ मा क्लाङ भ्यालीका ६ स्थानमा छापा मार्दा नेपालीसहित ९ जना पक्राउ परेका छन्।
अध्यागमनका अनुसार ४३ वर्षीय नेपाली महेन्द्रजंग शाह ‘एम–जे’ उक्त सञ्जालको मुख्य योजनाकार रहेको खुलेको छ। उनी (एनआरएनए) मलेसियाका पूर्व अध्यक्षसमेत रहेको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानले देखाएअनुसार गिरोहले सन् २०१९ देखि विदेशी कामदार ल्याउने नाममा रोजगारदाताबाट रकम असुल्दै नक्कली ई–पास स्लिप र स्टिकर प्रयोग गरी अवैध रूपमा कामदार भित्र्याउने काम गर्दै आएको थियो। प्रति कामदार ५ हजारदेखि ६ हजार रिंगेटसम्म असुली हुने गरेको खुलासा भएको छ।
कारबाहीका क्रममा १११ पासपोर्ट, १० ल्यापटप, ६ मोबाइल फोन र नगद बरामद गरिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको छ भने थप ६ जनालाई बयानका लागि बोलाइएको छ।
अध्यागमन विभागले रोजगारदातालाई एजेन्टमार्फत नभई सिधै विभागसँग सम्पर्क गर्न आग्रह गर्दै कडा कारबाही हुने चेतावनी दिएको छ। दोषी ठहरिए १० लाख रिंगेटसम्म जरिवाना र १५ वर्षसम्म कैद सजाय हुन सक्ने जनाइएको छ।





