नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
वैदेशिक रोजगारी पीडितलाई ठगी गर्ने संस्था फन्दामासञ्चालक इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारी पीडितलाई ठगी गर्ने संस्था फन्दामा
सञ्चालक इन्द्रलाल गोले पक्राउ
२०८३ साल वैशाख २६ गते | April 9, 2026
काठमाडौं । वैदेशिक रोजगारीका पीडितलाई उद्दार गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने “वैदेशिक रोजगार उद्धार नेपाल” नामक संस्था फन्दामा परेको छ। उक्त संस्थाका सञ्चालक इन्द्रलाल गोले पक्राउ परेका छन्।
प्रहरीका अनुसार सिन्धुली सुनकोसी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–५ नागार्जुन, आदेश्वर बस्ने ६६ वर्षीय गोलेलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उक्त संस्थाले वैदेशिक रोजगारीमा पीडित भएका व्यक्तिहरूबाट उजुरी लिने बहानामा गैरकानुनी रूपमा रकम असुल्ने गरेको सूचनाको आधारमा कारबाही गरिएको हो।
प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित कार्यालयबाट उनलाई पक्राउ गरेको जनाएको छ। अनुसन्धानका क्रममा गोलेले आफू संस्थाको अध्यक्ष रहेको बताउँदै प्रहरीसँग अभद्र व्यवहार गरेको समेत आरोप लगाइएको छ।
हाल पक्राउ परेका गोलेमाथि अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





