ओली र लेखक १३ दिनपछि हिरासतमुक्त, परिवारको जिम्मा लगाइयो

0Shares

ओली र लेखक १३ दिनपछि हिरासतमुक्त, परिवारको जिम्मा लगाइयो


भक्तपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनपछि हिरासतमुक्त भएका छन्। भदौ २३ र २४ को घटनासँग जोडिएको आरोपमा पक्राउ परेका उनीहरूलाई ‘खोजेका बखत उपस्थित हुने’ सर्तसहित हाजिर जमानीमा रिहा गरिएको हो।


गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसमा चैत १४ गते पक्राउ परेका दुवै नेतालाई सर्वोच्च अदालतको आदेश र प्रचलित कानुनी प्रावधानअनुसार परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। एसपी पवन भट्टराईका अनुसार अनुसन्धान प्रक्रिया भने जारी नै रहनेछ।


हिरासतमुक्त हुने क्रममा एमाले अध्यक्ष ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ भने कांग्रेस नेता लेखकलाई उनकी पत्नी यशोदा लेखकको जिम्मामा छाडिएको छ। ओली भने पक्राउ परेदेखि नै त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् र उनको डिस्चार्ज चिकित्सकको सल्लाहअनुसार हुनेछ।


महाराजगन्जस्थित नम्बर–२ सशस्त्र प्रहरी गणमा राखिएका लेखक भने रिहाइपछि बाहिरिएका छन्। दुवै नेताले अब बाहिरै बसेर अनुसन्धानमा सघाउने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *