सुदन गुरुङ गृहमन्त्री बन्दै, आजै शपथ लिने तयारी

0Shares

सुदन गुरुङ गृहमन्त्री बन्दै, आजै शपथ लिने तयारी

१३ चैत २०८२, शुक्रबार
संवाददाता: थाङ्मीचागु डटकम

काठमाडौँ — गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्रोतका अनुसार गुरुङले आजै गृहमन्त्री पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन्।

यससँगै नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। आजै बालेन शाहले प्रधानमन्त्रीको रूपमा शपथ लिने कार्यक्रम तय भएको छ। उनी यसअघि नै उक्त पदमा नियुक्त भइसकेका छन्।

नयाँ सरकार गठनसँगै मन्त्रिपरिषद् विस्तार पनि क्रमशः अगाडि बढ्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *