मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
पूर्व गृहमन्त्री रमेश लेखक निवासबाटै पक्राउ
१४ चैत्र २०८२, शनिबार
पूर्व गृहमन्त्री रमेश लेखक निवासबाटै पक्राउ
भक्तपुर | थाङ्मीचागु डटकम
जेनजी आन्दोलनमा भएको दमनको आरोपमा पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा उनलाई भक्तपुरको कटुन्जेस्थित निजी निवासबाटै पक्राउ गरेको हो। पक्राउसँगै उनलाई जरुरी पक्राउ पुर्जीसमेत दिइएको बताइएको छ।
गत भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जना युवाले ज्यान गुमाएका थिए। उक्त घटनाका बेला लेखक गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री लेखक र केन्द्रीय सुरक्षा समितिका पदाधिकारीविरुद्ध फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो।
शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सोही सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखकको पक्राउ प्रक्रिया अघि बढाइएको हो।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





