नेपाल थामी समाज मलेसिया, नेपाली राजदूतावास मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र किरात राई यायोख्या छेत्री समिति जोहोरको सहकार्यमा तारा बहादुर थामी सुरक्षित रूपमा स्वदेश फिर्ता

0Shares

नेपाल थामी समाज मलेसिया, नेपाली राजदूतावास मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र किरात राई यायोख्या छेत्री समिति जोहोरको सहकार्यमा तारा बहादुर थामी सुरक्षित रूपमा स्वदेश फिर्ता


(७ फेब्रुअरी २०२६)
क्वालालम्पुर।
मानवीय दायित्व, सहकार्य र एकताको उदाहरण प्रस्तुत गर्दै बागमती प्रदेश, दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ थाङ्मिचागु निवासी तारा बहादुर थामी मलेसियाबाट सुरक्षित रूपमा स्वदेश नेपाल फर्किँदै हुनुहुन्छ।


नेपाल थामी समाज मलेसिया, नेपाली राजदूतावास मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया तथा किरात राई यायोख्या छेत्री समिति जोहोरको सहकार्य तथा कोषाध्यक्ष देबिका राई (बिनु) ज्यूको समन्वयमा आज ७ फेब्रुअरी २०२६ मा उहाँको उद्धार तथा स्वदेश फिर्ती सम्भव भएको हो।

यस क्रममा देबिका राई (बिनु) ज्यूले एक थान लगेज स्पोन्सर गरी उल्लेखनीय मानवीय सहयोग प्रदान गर्नुभएको थियो।


उहाँ मलेसियास्थित etc.cleaning.com कम्पनीमा कार्यरत रहँदा करिब ६–७ महिनादेखि गम्भीर बिरामी र जोखिमपूर्ण अवस्थामा जीवनयापन गर्दै आउनुभएको थियो। उक्त कम्पनीले नेपाली श्रमिकहरूको उपचार तथा सुरक्षित बसोबासको उचित व्यवस्था नगरेको पाइएको छ। यस विषयमा नेपाल थामी समाज मलेसियाले नेपाली राजदूतावासमार्फत तत्काल आवश्यक पहल गरी श्रमिकहरूको सुरक्षा र उपचार सुनिश्चित गर्न अनुरोध गरेको छ।


तारा बहादुर थामीलाई मानवीय भावना र सामाजिक उत्तरदायित्वका साथ उद्धार गरी स्वदेश पठाउन सफल हुनु सम्पूर्ण थामी समुदाय तथा नेपाली समाजका लागि गर्वको विषय बनेको छ।
यस मानवीय अभियानमा नेपाली राजदूतावास मलेसियाको सक्रिय भूमिका, नेपाल थामी समाज मलेसियाका अध्यक्ष सन्तोष ठान्टी थाङ्मी ज्यूको नेतृत्व तथा समाजसेवी संयोजक एवं केएल इन्चार्ज श्री पल ठान्टी थाङ्मी ज्यूले ६ दिनसम्म खाना तथा बसोबासको व्यवस्था गर्दै गरेको विशेष पहल अत्यन्तै प्रशंसनीय रहेको छ।


साथै, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पदमराज लिम्बु ज्यूलाई नेपाल थामी समाज मलेसियाको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको छ। प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, अभियन्ता, समाजसेवी तथा सहयोगी हातहरूप्रति अध्यक्ष सन्तोष ठान्टी थाङ्मी ज्यूले हार्दिक आभार व्यक्त गर्नुभएको छ।


एकता, सहकार्य र संवेदनशीलताको उदाहरण बनेको यस मानवीय कार्यले संकटमा परेका नेपालीहरूका लागि समाज र संस्थाहरू सधैं साथमा छन् भन्ने सन्देश प्रवाह गरेको छ।
तारा बहादुर थामी आज बेलुका ६:१५ बजे हिमालय एयरलाइन्सको विमानमार्फत मलेसियाबाट नेपाल प्रस्थान गर्नुहुनेछ।


थाङ्मीचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *