दार्जिलिङ डिस्ट्रिक्टमा तुल बहादुर थामीको नेतृत्वमा सङ्कलित रु. ३९,२१६ थाङ्मीचागु डटकमका संस्थापक सचिव गौरव थाङ्मीको हातबाट अर्जुन थाङ्मीकी श्रीमतीलाई हस्तान्तरण

0Shares

दार्जिलिङ डिस्ट्रिक्टमा तुलबहादुर थामीको नेतृत्वमा सङ्कलित रु. ३९,२१६ थाङ्मीचागु डटकमका संस्थापक सचिव गौरव थाङ्मीको हातबाट अर्जुन थाङ्मीकी श्रीमतीलाई हस्तान्तरण
थाङ्मीचागु डटकम | दार्जिलिङ / नेपाल
मिति : १७ जनवरी २०२६
भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत पर्ने दार्जिलिङ डिस्ट्रिक्टमा थामी समुदायको सक्रिय सहभागितामा संकलन गरिएको उपचार सहयोग रकम रु. ३९,२१६ (उनन्चालीस हजार दुई सय सोह्र रुपैयाँ) आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ सुसेथामी निवासी अर्जुन थाङ्मी गम्भीर स्वास्थ्य समस्याबाट पीडित भई उपचाररत रहँदै आउनु भएको अवस्थामा, दार्जिलिङ डिस्ट्रिक्टमा तुलबहादुर थामीको नेतृत्वमा थामी समुदायले मानवीय सहयोग अभियान सञ्चालन गरी उक्त रकम संकलन गरेको हो।
संकलित सहयोग रकम आज थाङ्मीचागु डटकमका संस्थापक सचिव गौरव थाङ्मीको हातबाट औपचारिक रूपमा बिरामी अर्जुन थाङ्मीकी श्रीमतीको हातमा हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रमले समुदायगत एकता, मानवता र आपसी सहकार्यको भावना प्रस्ट रूपमा झल्काएको छ। सीमापारि रहे पनि थामी समुदायले आफ्नो पहिचान र दायित्वलाई सम्झँदै पीडामा परेको परिवारप्रति साथ दिएको थाङ्मीचागु डटकमले जनाएको छ।
थाङ्मीचागु डटकमले सहयोग संकलन अभियानको नेतृत्व गर्नुहुने तुलबहादुर थामी, दार्जिलिङ डिस्ट्रिक्टमा रहनु भएका सम्पूर्ण सहयोगी दाताहरू, तथा रकम हस्तान्तरण प्रक्रियामा समन्वय गर्ने संस्थापक सचिव गौरव थाङ्मीप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
अर्जुन थाङ्मीको उपचार प्रक्रिया अझै जारी रहेकाले देश–विदेशमा रहेका सम्पूर्ण मनकारी व्यक्तिहरूलाई आगामी दिनहरूमा पनि मानवताको पक्षमा उभिँदै आवश्यक सहयोग र सद्भाव कायम राख्न पुनः अपिल गरिएको छ।
✍️ थाङ्मीचागु डटकम
समुदायको आवाज, मानवताको पक्षमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *