मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
नेपाल थामी समाज मलेसियाद्वारा सङ्कलित जम्माजम्मी रु. २ लाख ३३ हजार ४०० उपचार सहयोग केन्द्रीय अध्यक्ष रणबहादुर थामीको हातबाट अर्जुन थामीलाई हस्तान्तरण
नेपाल थामी समाज मलेसियाद्वारा सङ्कलित जम्माजम्मी रु. २ लाख ३३ हजार ४०० उपचार सहयोग केन्द्रीय अध्यक्ष रणबहादुर थामीको हातबाट अर्जुन थामीलाई हस्तान्तरण
थाङ्मीचागु डटकम | मलेसिया
मिति : १७ जनवरी २०२६
नेपाल थामी समाज मलेसियाले मानवीय दायित्व र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सञ्चालन गरेको “अर्जुन थामी बचाउ अभियान” अन्तर्गत संकलित उपचार सहयोग रकम औपचारिक रूपमा बिरामीलाई हस्तान्तरण गरिएको छ।

दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ सुसेथामी निवासी सुसे थामीका माइला छोरा अर्जुन थामी गम्भीर स्वास्थ्य समस्याबाट पीडित भई लामो समयदेखि उपचाररत रहँदै आएका छन्। चिकित्सकका अनुसार उपचार सम्भव भए पनि अत्यधिक खर्चका कारण परिवार आर्थिक रूपमा असहज अवस्थामा पुगेपछि नेपाल थामी समाज मलेसियाको सक्रिय पहलमा उपचार सहयोग संकलन अभियान सुरु गरिएको हो।

दुई महिने मानवीय अभियान
नेपाल थामी समाज मलेसियाका अनुसार उक्त अभियान दुई (२) महिनाको अवधिका लागि सञ्चालन गरिएको मानवीय अभियान हो। अभियानलाई पारदर्शी, उत्तरदायी र व्यवस्थित रूपमा सञ्चालन गर्न विशेष उपचार सहयोग अभियान समिति गठन गरिएको थियो।

उपचार सहयोग अभियान समिति
संयोजक: निर थामी
सह–संयोजक: पल ठान्टी थामी
कोषाध्यक्ष तथा सचिव: सुजन थामी
सदस्य: तुलसा थामी
वरिष्ठ सल्लाहकार: सन्तोष ठान्टी थाङ्मी
सहयोग संकलन र हस्तान्तरण विवरण
अभियानमार्फत हालसम्म जम्माजम्मी रु. २,३३,४०० (दुई लाख तेह्रतीस हजार चार सय रुपैयाँ) बराबरको उपचार सहयोग संकलन भएको नेपाल थामी समाज मलेसियाले जनाएको छ।

यसअघि रु. ५४,००० रकम बिरामी अर्जुन थामी तथा उहाँका बुवाको हातमा बुझाइसकिएको थियो। बाँकी रकममध्ये आज नेपाल थामी समाज केन्द्रीय सभाका अध्यक्ष रणबहादुर थामी, समाजसेवी कलाकार माया थामी, तथा नेपाल थामी समाज केन्द्रीय सभाका पदाधिकारीहरूको उपस्थितिमा केन्द्रीय अध्यक्ष रणबहादुर थामीको हातबाट रु. १,७९,४०० रकम औपचारिक रूपमा बिरामीको उपचारका लागि हस्तान्तरण गरिएको छ।

मानवता नै सबैभन्दा ठूलो धर्म
नेपाल थामी समाज मलेसियाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ—
“पुण्य कमाउन मठ, मन्दिर, गुम्बा वा चर्च धाउनै पर्दैन। दुःख र पीडाको घडीमा कसैको उपचारमा हात बढाउनु नै सबैभन्दा ठूलो धर्म, मानवता र पुण्य हो।”
संस्थाले यस अभियानलाई सफल बनाउन आर्थिक, नैतिक तथा व्यवस्थापकीय रूपमा सहयोग गर्नुहुने सम्पूर्ण मनकारी दाताहरू, अभियान समिति, केन्द्रीय तथा स्थानीय पदाधिकारीहरू, साथै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

आगामी सहयोगप्रति अपेक्षा
अर्जुन थामीको उपचार प्रक्रिया अझै जारी रहेकाले नेपाल थामी समाज मलेसियाले आगामी दिनहरूमा पनि आवश्यक सहयोग, सद्भाव र सहकार्यका लागि देश–विदेशमा रहनुहुने सम्पूर्ण शुभेच्छुकहरूसँग निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ।
प्रकाशक : नेपाल थामी समाज मलेसिया
✍️ थाङ्मीचागु डटकम





