मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
रास्वपामा दुई दिनमै दुई ठूला शक्ति समेटिए, बालेन र कुलमानसँग सातबुँदे सहमति
रास्वपामा दुई दिनमै दुई ठूला शक्ति समेटिए, बालेन र कुलमानसँग सातबुँदे सहमति
थाङमिचागु डटकम संवाददाता

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्ला दुई दिनमा दुई महत्वपूर्ण राजनीतिक शक्तिलाई पार्टीमा समेट्दै आफ्नो राजनीतिक आधार विस्तार गरेको छ।
आइतबार रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग सातबुँदे सहमति गर्दै उनलाई पार्टीमा भित्र्याएको थियो। त्यसलगत्तै सोमबार उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग पनि सातबुँदे सहमति गर्दै पार्टी एकताको घोषणा गरिएको हो।
दुई सहमतिपछि तीन शक्तिबीच नेतृत्व र राजनीतिक जिम्मेवारीको बाँडफाँडसमेत तय गरिएको छ। सहमतिअनुसार रास्वपाको सभापतिमा रवि लामिछाने नै रहनेछन्। प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाह रास्वपाको संसदीय दलको नेता तथा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको छ। यस्तै कुलमान घिसिङलाई रवि लामिछानेपछि दोस्रो वरीयतामा राखिएको छ।
नेतृत्व संरचनाअनुसार सभापति रवि लामिछाने, दोस्रो वरीयतामा कुलमान घिसिङ र त्यसपछि उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले रहने तय भएको छ। नेताहरूका अनुसार यस व्यवस्थाले फरक पृष्ठभूमिका प्रभावशाली व्यक्तित्वहरूबीच भूमिकागत सन्तुलन स्थापित भएको छ।
आइतबार बालेनसँग भएको सहमतिमा पार्टीको नाम, चुनाव चिह्न, झण्डा र केन्द्रीय कार्यालय यथावत् राख्ने निर्णय गरिएको थियो। सोमबार उज्यालो नेपाल पार्टीसँग भएको सहमतिले पनि सोही व्यवस्थालाई निरन्तरता दिएको छ। यसअघि कुलमान घिसिङले पार्टीको नाम रास्वपा नै रहे पनि चुनाव चिह्न ‘बलिरहेको बत्ती’ हुनुपर्ने अडान राख्दै आएका थिए। तर निर्णायक वार्तापछि उज्यालो नेपाल पार्टीले अडान त्याग्दै घण्टी नै चुनाव चिह्न रहने सातबुँदे सहमतिमा हस्ताक्षर गरेको हो।
दुवै सहमतिपत्रमा जेन–जी आन्दोलन, भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले उठाएको आवाजलाई आत्मसात् गर्ने उल्लेख छ। साथै शहीद तथा घाइते परिवारका मागहरू सम्बोधन गर्ने, योग्यतामा आधारित राजनीति, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने तथा गहिरा नीतिगत र संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने साझा लक्ष्य तय गरिएको छ।
एकतासँगै रास्वपा अब आगामी निर्वाचनको तयारीतर्फ केन्द्रित हुने उपसभापति डीपी अर्यालले जानकारी दिएका छन्।





