​प्रधान सेनापति अशोकराज सिग्देलद्वारा दोलखाका शक्तिपीठमा विशेष पूजा, भीमेश्वर र त्रिपुरा सुन्दरीको गरे दर्शन ।।।

0Shares

​प्रधान सेनापति अशोकराज सिग्देलद्वारा दोलखाका शक्तिपीठमा विशेष पूजा, भीमेश्वर र त्रिपुरा सुन्दरीको गरे दर्शन ।।।

थाङमिचागु डटकम संवाददाता

माया स्याङ्तान ​दोलखा, १६ मंसिर ।
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले दोलखा जिल्लाका ऐतिहासिक तथा धार्मिक शक्तिपीठहरूमा विशेष पूजाअर्चना गरेका छन् । उनले शनिबार दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिर र त्रिपुरा सुन्दरी मन्दिरमा पुगेर दर्शन गरेका हुन् ।


प्रधान सेनापति सिग्देलले सुरुमा दोलखाको भीमेश्वर मन्दिरमा पुगेर विधिवत् रूपमा विशेष पूजा सम्पन्न गरे । देशमा आइपर्ने संकटको पूर्वसंकेत दिने देवताका रूपमा मानिने भीमेश्वरमा राष्ट्रप्रमुख तथा सुरक्षा अंगका प्रमुखहरूले पूजा गर्ने परम्परा रहिआएको छ ।

​भीमेश्वरमा पूजा सम्पन्न गरेलगत्तै प्रधान सेनापति सिग्देलले दोलखाकै अर्को प्रसिद्ध धार्मिक स्थल त्रिपुरा सुन्दरी मन्दिरमा समेत पुगेर पूजा आराधना गरेका थिए ।

उक्त अवसरमा स्थानीय सुरक्षा निकायका प्रमुखहरू, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू तथा स्थानीय धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

​ शक्तिपीठहरूमा गर्ने दर्शन र पूजालाई नेपाली सेनाको धर्म, संस्कृति र परम्पराप्रतिको आस्थाका रूपमा लिइन्छ । प्रधान सेनापति सिग्देलको यो भ्रमणलाई पनि एक महत्त्वपूर्ण धार्मिक भ्रमणका रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *