मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
लाहानको दुर्गम बस्ती वेतहामा सडक र कलभर्ट बन्ने : मेयर महेश प्रसाद चौधरीद्वारा औपचारिक निर्णय ।।।
लाहानको दुर्गम बस्ती वेतहामा सडक र कलभर्ट बन्ने : मेयर महेश प्रसाद चौधरीद्वारा औपचारिक निर्णय ।।।
विनोद अविरल, मंसिर १६ लाहान, सिराहा ।
सिराहा जिल्लाको लहान नगरपालिका–१५ स्थित दुर्गम बस्ती वेतहाका स्थानीयको लामो समयदेखिको विकासको चाहना अब पूरा हुने भएको छ ।
नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले उक्त क्षेत्रमा अत्यावश्यक सडक र कलभर्ट निर्माणका लागि औपचारिक निर्णय गर्नुभएको छ ।
मंसिर १४ गते भएको यो निर्णयसँगै वर्षौंदेखि यातायात र आवागमनमा सास्ती खेप्दै आएका वेतहावासीमा खुसीयाली छाएको छ ।
लाहान बजारदेखि करिब २५ किलोमीटर टाढा र भौगोलिक रूपमा पनि विकट मानिने वडा नं. १५ को वेतहा बस्तीमा पूर्वाधार विकासको अभाव खट्किँदै आएको थियो । बर्खायाममा बाटो हिलाम्मे हुने र खोलानाला तर्न समस्या हुने गरेको गुनासो स्थानीयले बारम्बार गर्दै आएका थिए ।
यही समस्यालाई मध्यनजर गर्दै मेयर चौधरीले बस्तीको स्थलगत आवश्यकता बुझेर सडक स्तरोन्नति र कलभर्ट निर्माणको योजनालाई प्राथमिकतामा राखेर निर्णय गर्नुभएको हो ।
नगरपालिकाको यस निर्णयले दुर्गम बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्न मद्दत पुग्ने विश्वास गरिएको छ । विकासको मूलधारबाट पछाडि परेको वेतहामा अब सहज यातायातको पहुँच पुग्ने भएपछि स्थानीय बासिन्दाहरू निकै उत्साहित भएका छन् ।
स्थानीय अगुवा तथा सर्वसाधारणले आफ्नो गाउँको पीडा बुझेर विकासको ढोका खोलिदिएको भन्दै मेयर महेश प्रसाद चौधरी र लहान नगरपालिकाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
यो निर्णय कार्यान्वयनमा आएसँगै वेतहाका कृषकहरूलाई आफ्नो उत्पादन बजारसम्म पुर्याउन र बिरामी तथा विद्यार्थीहरूलाई आवतजावत गर्न ठूलो राहत मिल्ने भएको छ ।





