मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Thursday, April 16, 2026
दाउन्नेको त्रिसट्ठी मोडमा ग्यास बुलेट तेर्सिँदा पूर्व–पश्चिम राजमार्ग ठप्प ।।।
दाउन्नेको त्रिसट्ठी मोडमा ग्यास बुलेट तेर्सिँदा पूर्व–पश्चिम राजमार्ग ठप्प ।।।
माया स्याङ्तान,१२ मंसिर ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्नेस्थित त्रिसट्ठी मोडमा ग्यास बुलेट दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज बिहान ६:०० बजे वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको RJ 52 GB 3752 नम्बरको भारतीय खाली ग्यास बुलेट उकालो चढ्न नसकी पछाडि हट्ने क्रममा (ब्याक हुँदा) सडकमै तेर्सो परेको हो ।
बुलेट सडकको बिचमै तेर्सिएका कारण अहिले दुईतर्फी रूपमै सवारी आवागमन बन्द भएको छ । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु तथा सवारी साधनहरू बाटोमै अलपत्र परेका छन् ।
सडक खुलाउने प्रयास भइरहेको छ।





