मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
इराक–कुर्दिस्तानमा मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार भव्य रूपमा मनाइँदै
इराक–कुर्दिस्तानमा मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार भव्य रूपमा मनाइँदै
थाङमिचागु डटकम संवाददाता

मङ्सिर ६, इराक–कुर्दिस्तान। नेपाल तामाङ घेदुङ कुर्दिस्तान, इराकले मञ्जुश्री संवत् २८६२ अनुसारको सोनाम ल्होछार (ता ल्हो/घोडा वर्ग) यस वर्ष पनि भव्य रूपमा मनाउने तयारी गरेको छ।
तामाङ भाषा, धर्म, कला, संस्कार र संस्कृति जगेर्ना गरौँ–इराक कुर्दिस्तानका तामाङ दाजुभाइ दिदीबहिनीहरूलाई एकतामा जोडौँ’ भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापित उक्त संगठनले प्रत्येक वर्ष निरन्तर रूपमा ल्होछार पर्व मनाउँदै आएको छ।
घेदुङका अनुसार यस वर्षको सांस्कृतिक कार्यक्रम आगामी जनवरी २३, २०२६ (शुक्रबार) का दिन सुलेमानीस्थित ओस्कार हल, सचिनर मा आयोजना हुनेछ। कार्यक्रमलाई अझ आकर्षक बनाउन नेपालबाट आमन्त्रित चर्चित सेलो गायक तथा संगीतकार प्रकाश तिथुङ तामाङ र मेन्दो माया/लोकदोहोरी गायिका मनमाया तामाङको विशेष प्रस्तुति रहने जनाइएको छ।
नेपाल तामाङ घेदुङ कुर्दिस्तान, इराकका अध्यक्ष अर्जुन तामाङले एक अपिल जारी गर्दै इराक–कुर्दिस्तानमा रहेका सम्पूर्ण संघ–संस्थाका प्रमुख, पदाधिकारी, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी, पत्रकार तथा तामाङ समुदायका सम्पूर्ण दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई সফল पारिदिन आग्रह गरेका छन्।
कार्यक्रमका संयोजक राजिव थिङ तामाङ रहेका छन् भने आयोजनाको जिम्मेवारी नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराक परिवारले लिएको छ।




