मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
जय मानव सेवाको चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न
जय मानव सेवाको चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न
थाङमिचागु डटकम संवाददाता

२०८२ कार्तिक १४ गते, शुक्रबारका दिन एलेस नेपाली रेस्टुरेन्टमा जय मानव सेवा द्वारा आयोजित चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि रूपमा गैरआवासी सामान्य परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका अध्यक्ष अर्जुन मोक्तान तामाङ, नेपाली महिला समाज कुर्दिस्तान सुलेमानिकी उपाध्यक्ष श्रीमती जेसिका बोम्जन, र प्रवासी नेपाली कलाकार कुर्दिस्तान सुलेमानिकी संयोजक प्रकाश योञ्जन तामाङ उपस्थित रहेका थिए।
उक्त कार्यक्रमले सामाजिक सेवा, मानवीय सद्भाव र आपसी एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजक पक्षले जनाएको छ।
कार्यक्रमको सञ्चालन रोशी शेर्पाले गर्नुभएको थियो भने संयोजक सृष्टि शेर्पाले कार्यक्रमलाई सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले आगामी दिनहरूमा पनि विभिन्न संघ–संस्थासँग हातेमालो गर्दै सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्ण पाहुनाहरूप्रति आयोजक जय मानव सेवा परिवारले धन्यवाद व्यक्त गरेको छ।





