Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
Monday, August 31, 2026
दोलखाको भीमेश्वर–९ स्यासीमा जिप दुर्घटना, चार जना घाइते, एकको अवस्था गम्भीर
दोलखाको भीमेश्वर–९ स्यासीमा जिप दुर्घटना, चार जना घाइते, एकको अवस्था गम्भीर
थाङमिचागु डटकम संवाददाता

दोलखा, कार्तिक ५ — भीमेश्वर नगरपालिका–९, स्यासीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
ग २ च ३४०० नम्बरको जिप आज ब्रेक फेल भएर सडकको भित्तामा ठक्कर खाँदा दुर्घटना भएको हो। जिपमा सात जना सवार थिए।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर श्रीराम तिमलसिनाका अनुसार घाइतेहरु:
गोमा भुजेल, ४० वर्षीया (अवस्था गम्भीर)
महेंद्रबहादुर श्रेष्ठ, ५२ वर्ष
कृष्णकुमारी श्रेष्ठ, ५२ वर्षीया
गंगाकुमारी श्रेष्ठ, ४८ वर्षीया
घाइते गोमा भुजेलको अवस्था गम्भीर रहेको हुँदा उनलाई थप उपचारका लागि अस्पतालमा रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।




