मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नवलपुरको चोरमारा बजारमा सवारी दुर्घटना : आमाको घटनास्थलमै मृत्यु, बुबा–छोरा गम्भीर घाइते
नवलपुरको चोरमारा बजारमा सवारी दुर्घटना : आमाको घटनास्थलमै मृत्यु, बुबा–छोरा गम्भीर घाइते
थाङमिचागु डटकम संवाददाता

विनोद अविरल, कार्तिक १ | नवलपुर
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका–७, चोरमारा बजारमा आज भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भारतीय नम्बर प्लेटको बस (GJ14Z6465) ले सोही दिशामा गइरहेको मोटरसाइकल (प्रदेश ३–०२–०१० प ७२३०) लाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाहीको लालबन्दी नगरपालिका–४ की ३० वर्षीया अनिता चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
त्यसैगरी मोटरसाइकल चालक ३४ वर्षका नरेश चौधरी गम्भीर घाइते भएका छन्। उनको छाती र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार उनका १० वर्षीय छोरा अनुज चौधरी पनि गम्भीर घाइते भएका छन्। उनको समेत छाती र टाउकोमा चोट लागेको छ।
गम्भीर घाइते बुबा–छोरालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरीले जनाएको छ।
यसैबीच ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान थालेको जनाएको छ।





