ट्राफिक प्रहरीको विशेष अपरेशन : ३०४ मोडिफाइड र उच्च ध्वनिका मोटरसाइकल नियन्त्रणमा

0Shares

ट्राफिक प्रहरीको विशेष अपरेशन : ३०४ मोडिफाइड र उच्च ध्वनिका मोटरसाइकल नियन्त्रणमा

“शान्ति सुरक्षामा खलल पार्ने गतिविधिमा कडाइ, ध्वनि प्रदूषण गर्नेमाथि कारबाही

थाङमिचागु डटकम संवाददाता

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीले संयुक्त रूपमा सञ्चालन गरेको विशेष अभियान अन्तर्गत स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने र समाजको शान्ति सुरक्षामा खलल पार्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले २०० वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो, जसमा विभिन्न पार्टपुर्जा परिवर्तन गरेर अत्यधिक ध्वनि उत्पन्न गर्ने (साइलेन्सर परिमार्जन) र अनियन्त्रित रूपमा चलाइने मोटरसाइकलहरू सामेल छन्।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कास्कीले १०४ वटा मोटरसाइकल पोखरा र आसपासका क्षेत्रमा सोही प्रकारका गतिविधि गर्ने वाहनहरू नियन्त्रणमा लिएको छ।

दुई निकायको संयुक्त सक्रियतामा कुल ३०४ वटा मोटरसाइकलहरू नियन्त्रणमा आएका छन्।
प्रहरीका अनुसार यस किसिमको कारबाहीले ध्वनि प्रदूषण कम गर्न, सवारीसाधनको नियम पालना बढाउन र स्थानीयहरूको शान्ति सुरक्षामा खलल रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *