झाडु बोकेर सरसफाईमा डिएसपी पूर्णिमा चन्द प्रहरी वृत्त र ललितपुर महानगरको संयुक्त अभियान

0Shares

झाडु बोकेर सरसफाईमा डिएसपी पूर्णिमा चन्द प्रहरी वृत्त र ललितपुर महानगरको संयुक्त अभियान

थाङमिचागु डटकम संवाददाता

असोज ३०, ललितपुर सातदोबाटो प्रहरी वृत्त र ललितपुर चक्रपथ महानगरले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य सडक किनार, फोहोर र मैला व्यवस्थापन गर्दै सहरलाई स्वच्छ र सुरक्षित बनाउनु रहेको थियो।

कार्यक्रममा प्रहरी वृत्त सातदोबाटोकी प्रमुख, डिएसपी पूर्णिमा चन्द स्वयम् झाडु बोकेर उपस्थित भइ सरसफाईमा सक्रिय सहभागिता देखाइन।
उनको साथमा स्थानीय समाजसेवी, समुदायका अग्रज व्यक्तित्व, प्रहरी कर्मचारी र महानगरका सरसफाईकर्मीहरू पनि सहभागी थिए।

डिएसपी चन्दले भनिन्,

“समुदायको सरसफाई र स्वच्छतामा प्रहरीको भूमिका केवल सुरक्षा मात्र नभई सामाजिक उत्तरदायित्वको प्रतिबिम्ब पनि हो। स्थानीयवासीहरूलाई फोहोर नफाल्न र सफा सहर निर्माणमा सक्रिय योगदान दिन आग्रह गर्दछु।”


सफाई कार्यपछि वृत्त परिसरमा संक्षिप्त कार्यक्रम आयोजना गरी सहभागी सबैलाई धन्यवाद दिइएको थियो।
आयोजकहरूले भने, यस्ता अभियानले प्रहरी र समुदायबीचको सम्बन्ध अझ मजबुत हुने र समुदायमा जिम्मेवार नागरिक चेतना फैलाउने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *