पहिरोबीच आशाको किरण सशस्त्र प्रहरीको उद्धार टोलीको समर्पण

0Shares

पहिरोबीच आशाको किरण सशस्त्र प्रहरीको उद्धार टोलीको समर्पण

थाङमिचागु डटकम संवाददाता


इलाम, असोज १९ —
अविरल वर्षासँगै आएको विनाशकारी पहिरोले इलाम जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म ३७ जनाको मृत्यु पुष्टि भएको छ भने अझै केही व्यक्ति हराइरहेका छन्।

यस विपत्तिपूर्ण परिस्थितिमा जनताको ज्यान र सम्पत्तिको सुरक्षाका लागि सशस्त्र प्रहरी बलका नायव निरीक्षक (SI) सुरेन्द्र डोटेल नेतृत्वको टोली दिनरात उद्धार कार्यमा खटिएको छ।

डोटेल र उनकी टोलीले पहिरोमा फसेकाहरूलाई काँधमा बोकेर सुरक्षित स्थानमा पुर्‍याएका छन्, घाइतेहरूको उपचारका लागि निरन्तर सहयोग पुर्‍याइरहेका छन्, र जोखिम मोलेर पनि राहत र उद्धार कार्य जारी राखेका छन्।

स्थानीयवासीहरूले डोटेल र उनकी टोलीको जोश, साहस र समर्पणप्रति आभार व्यक्त गर्दै भनेका छन् —

“यस्ता सुरक्षाकर्मीहरूले देशलाई सुरक्षित महसुस गराएका छन्। उनीहरू नै देशका सच्चा सपूत हुन्।”


सशस्त्र प्रहरी बलका अधिकारीहरूले पनि डोटेलको नेतृत्वमा भइरहेको उद्धार कार्यको प्रशंसा गर्दै सबै उद्धारकर्मीहरूको मनोबल उच्च राख्न आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *