बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
पेनाङमा नेपाल मगर संघको नवौं अधिवेशन र सांस्कृतिक कार्यक्रम आगामी अक्टोबर १९ मा
पेनाङमा नेपाल मगर संघको नवौं अधिवेशन र सांस्कृतिक कार्यक्रम आगामी अक्टोबर १९ मा
पेनाङ (मलेसिया), भदौ ३०, २०८२ । नेपाल मगर संघ मलेसिया, पेनाङ क्षेत्रीय समितिले आफ्नो नवौं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम यही आउँदो अक्टोबर १९, आइतबारका दिन भव्य रूपमा आयोजना गर्ने भएको छ।
आयोजक समितिले मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई कार्यक्रमलाई अझ गरिमामय बनाउन विशेष निमन्त्रणा दिँदै उपस्थितिका लागि आग्रह गरेको छ। संघका अध्यक्ष विरस पुन मगरले सम्पूर्णलाई कार्यक्रममा सहभागी भई यसलाई सफल पारिदिन अनुरोध गर्नुभएको छ।
यस अधिवेशन तथा सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका सह-अध्यक्ष ज्ञान बहादुर थापा मगर रहनेछन्। साथै, नेपालबाट विशेष प्रस्तुतीका लागि चर्चित गायिका उर्मिला पुलामी मगर र चर्चित मोडेल विजय पुन पनि सहभागी हुने तय गरिएको छ।
नेपाल मगर संघ पेनाङ क्षेत्रीय समितिले आयोजना गर्न लागेको यो अधिवेशन केवल संगठनात्मक सभा मात्र नभई, सांस्कृतिक विविधता, मगर परम्परा र प्रवासी नेपालीबीचको एकताको उत्सव हुने आयोजक समितिको विश्वास छ।
थाङ्मीचागु डटकम





