बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
१४ सेप्टेम्बरमा हुने मोना मलेसियाको अधिवेशन भव्य बनाउन तयारी तीव्र
१४ सेप्टेम्बरमा हुने मोना मलेसियाको अधिवेशन भव्य बनाउन तयारी तीव्र
२५ भाद्र २०८२, बिहीबार
क्वालालम्पुर । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना मलेसिया) ले आफ्नो दोस्रो साधारण सभा तथा तेस्रो अधिवेशन यही १४ सेप्टेम्बर आइतबारका दिन आयोजना गर्ने भएको छ। सम्पूर्ण तयारी पूरा भएको महासचिव केश रोका मगरले जानकारी दिएका छन्।
उनका अनुसार अधिवेशनलाई भव्य बनाउन विशेष सांगीतिक कार्यक्रम हुने छ, जसमा स्थानीय कलाकार तथा गायक–गायिकाको प्रस्तुति रहनेछ। साथै म्याग्दी जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलका तस्वीरहरू प्रदर्शनीमा राखिनेछ।
महासचिव रोका मगरले मलेसियामा रहेका म्याग्दी वासीलाई मोना मलेसियामा आवद्ध भई जिल्लाको विकास, विपत्तिमा सहयोग र प्रवासी श्रमिकहरूको हितका लागि संगठित भएर अघि बढ्न आह्वान गरेका छन्।
कार्यक्रम Cosmo Hotel, Leboh Ampang, Kuala Lumpur मा बिहान १० बजेबाट सुरु भई साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।





