मलेसियामा दिपावलीको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

0Shares

मलेसियामा दिपावलीको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

जोहोर (मलेसिया), भदौ २७ । आगामी अक्टोबर १९ र २० तारिखका दिन शुभ दिपावलीको पावन अवसर पारेर नमस्ते भलिबल टिमको आयोजनामा मलेसियाव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ।

प्रतियोगितामा विजयी टिमलाई आकर्षक नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

पुरस्कार विवरण

  • प्रथम पुरस्कार : RM 6,000, कप, मेडल र प्रमाणपत्र
  • द्वितीय पुरस्कार : RM 3,500, कप, मेडल र प्रमाणपत्र
  • तृतीय पुरस्कार : RM 2,000, कप, मेडल र प्रमाणपत्र

दर्ता शुल्क RM 851 निर्धारण गरिएको छ। इच्छुक टिमहरूले अक्टोबर १२ सम्ममा दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ। सो म्यादपछि दर्ता हुने टिमलाई प्रतियोगितामा सहभागी गराइने छैन।

खेल सम्बन्धी नियमहरू

१. प्रत्येक टिममा कोचसहित ९ जना खेलाडी हुनु पर्नेछ।
२. खेल अनुशासित ढङ्गले खेलिनुपर्नेछ।
३. खेलका क्रममा कुनै चोटपटक भएमा प्राथमिक उपचारपछिको सम्पूर्ण उपचार खेलाडी वा सम्बन्धित टिमले आफैं गर्नुपर्नेछ।
४. टाढाबाट आउने टिमलाई आवासको व्यवस्था आयोजकले गर्नेछ।
५. खेलमा कुनै विवाद उत्पन्न भएमा रेफ्री र आयोजकको निर्णय अन्तिम मानिनेछ।

सांस्कृतिक कार्यक्रम

भलिबल प्रतियोगितासँगै देउसी–भैलो, लक्ष्मी पूजाका साथै कलाकारहरूद्वारा प्रस्तुत हुने मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिने जनाइएको छ।

मिति र स्थान

  • मिति : २०२५ अक्टोबर १९–२०
  • समय : बिहान ८:०० बजेबाट
  • स्थान : वेस्ट्लाइट डोमिटरी सेनाई १ (Grab Location : Westlite Dormitory Senai, 6214 Jalan Perindustrian 1, Senai, 81400 Kulaijaya, Johor, Malaysia)

सम्पर्क

  • अध्यक्ष : सञ्जीव लामा (+601170139376)
  • सल्लाहकार : टेकम पाण्डे “जिज्ञासु” (+601170139375)
  • प्रायोजक : योगेश कोइराला (+601168426029)
  • टिम कोच : नवराज खत्री (WA: +9779866552183), हुम ब. थापा (WA: +9779813266924)

Leave a Reply

Your email address will not be published. Required fields are marked *