मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
जेनजीका अभियन्ताले भने– रास्वपा र दुर्गा प्रसाई समूहले आन्दोलनलाई अराजक बनाए
जेनजीका अभियन्ताले भने– रास्वपा र दुर्गा प्रसाई समूहले आन्दोलनलाई अराजक बनाए
काठमाडौँ । जेनजी समूहका अभियन्ता अमित खनालले राजनीतिक समूहको प्रवेशले शान्तिपूर्ण आन्दोलन अराजक बनेको प्रष्टीकरण दिएका छन्।
नेपाल प्रेससँगको कुराकानीमा उनले आन्दोलन सुरुमा पूर्ण शान्तिपूर्ण हुने तयारी भए पनि केही व्यक्ति तथा समूहको प्रवेशपछि तोडफोड र अराजकता फैलिएको बताए।
खनालका अनुसार सुरुमा रास्वपा र दुर्गा प्रसाईका केही कार्यकर्ताले आन्दोलनलाई समर्थन गरे पनि पछि उनीहरूकै गतिविधिले आन्दोलन भड्किएको हो। “हामीले शान्तिपूर्ण प्रदर्शनको प्रस्ताव राखेका थियौँ। तर, उनीहरूले आफ्नो स्वार्थसहितको राजनीतिक स्ट्यान्ड देखाउन थालेपछि अवस्था नियन्त्रणबाहिर गयो,” उनले भने।
उनले भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा आवाज उठाउन प्रदर्शन गरिएको भए पनि केही पक्षले सामाजिक सञ्जालसम्बन्धी मुद्दा अगाडि सार्दै आन्दोलन भाँड्न खोजेको आरोप लगाए।
जेनजी समूहले सोमबार काठमाडौँको माइतीघरमा भ्रष्टाचारमुक्त नेपाल र राम्रो प्रणालीको पक्षमा प्रदर्शनको आह्वान गरेको थियो।





